“शान्ति र मुक्ति”

Sharada, Oli, Shiwakoti, शारदा ओली शिवाकोटी, pallawa, पल्लव

शारदा ओली शिवाकोटी,

वेद, उपनिषद वा पुराण
जति जति जे जे पढे पनि
जति मन्दीर जति धाम
जहॉ जहॉ जति घुमे पनि

आफै भित्रको बास्ना खोज्दै
कस्तुरी झैं भौंतारिएर पनि
सुख कुनै बस्तु होईन संसारमा
खोजेर कतै भट्टाईनेअनि

 

यो त एउटा अवस्था हो
चित्तको तिम्ले न माने पनि
स्थीर भै बस एकान्तमा तिमी
अरू केही गर्न नजाने पनि

शनै शनै शान्ति नजिकिन्छ
स्थीर,शान्त चित्त तिम्रो देखेर
तत्पश्चात आनन्दको शिखरमा
पुगिन्छ राख तिमी यो लेखेर

उपमा उदाहरण जे जति दिएपनि
आत्माको उद्दारगर्नु अध्यात्मको धेय हो
रामायण महाभारत त हुन उपमा एक
बुझाउने मानवलाई भएका विचार अनेक

शारदा ओली शिवाकोटी,
हेटौंडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.