आफ्नै धरा प्रति. . . . .

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

परिश्रम् बगाएँ रमें कन्दरामा
म बाँचे म नाचें यहाँकै धरामा ।
फुलेका गुराँसै पखेरा र पाखा ।
पहिचान भिन्नै हिमाली छ गाथा।।

सधैं जून तारा रमाएर सारा ।
यही घाम पानी मलार्इ पियारा ।।
हिमाली छ डाँफे रमाएर नाच्ने ।
चखेवा तराई तिरै प्रीत गास्ने ।।

 

सुनौलो विहानी उदाएर हाँस्छ ।
प्रभाती बगैंचा यहीँ फूल गास्छ ।।
मलाई छ माया पुनर्ताजगीको ।
उजेला पखेरा र वाला सखीको ।।

अहो! बाल्यकाल्मा जडेका ती नाता।
नपारौं म आमा भुलेरै निराशा ।।
यही प्राण मेरो यही मान मेरो ।
चिनारी छ अग्लो यहाँ शान मेरो ।।

म जन्मेँ यहीँ नै रमाएर बाच्छु ।
हँसाएर आफ्नै धरामा र नाच्छु ।
बिताएछु वाला चढाएँ जवानी
म लेख्दैछु काव्य धराकै कहानी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.