प्रायश्चित्त

Archana, Baral, अर्चना बराल, pallawa, पल्लव

अर्चना बराल

के छ त बिचार मैयाॅ? एकैछिनको सन्नाटा चिर्दै उ बोल्यो।नखाउॅ भने दिनभरिको शिकार खाउॅ भने कान्छाबाउको अनुहार भनेझैॅ भयो।सर्त पनि कति हो कति रिसाउन नपाईने रे उसका आमाबुवासॅग झर्कोफर्को गर्न नपाइने रे भनेको सबै मान्नु पर्ने रे मायालु हुनुपर्ने रे …उ बोलिरहेको थियो।हरे शिव! मेरो स्वभाब म केहिदिन परिबर्तन गरौॅला रे अनि त्यसपछि??मलाई थाहा छ म छुच्चि छु मलाई अन्याय मन पर्दैन। बुवाममिसॅग रिसाईरहन्छु।भनेको पनि मान्दिन।मलाई मेरै स्वभाब मन पराउने चाहिएको हो।तर फेरि सोचेॅ आ..जे होला ।।

 


उ बोलिरहेको थियो तर अब मलाई त्यति चाख लागिरहेको थिएन। मेरै मायालु राम्रो मनमनै सोचेॅ ।उ उठ्न लाग्यो र भन्यो अॅ साच्ची..तिम्रो फोन नंबर देउ त म भरे कल गर्छु.. मैले नंबर दिएॅ।उ उठेर गयो केहि नभनि।
तेरोलागि एउटा केटाको प्रस्ताब आएको छ ..आमाले अचानक भन्नुभो। पिएचडि गर्न लागेको रे काठ्माण्डौमा घर जग्गा भएको जागिरे अलि टाढाका आफन्तले कुरा ल्याएका रहेछन् ।बाहिर प्रतिकृया नजनाए पनि भित्रभित्र खुसीले नाच्न मात्र सकिरहेकी थिइन।सपनाको महल ठड्याइसकेकी थिएॅ।कहिले भेट्नुजस्तो भएर आएको थियो।उ भेट्न आउने दिन नजिकिदै थियो।बुवाममि पनि उत्साहित हुनुहुन्थ्यो।
उसो त मेरो ब्वाईफ्रेण्ड नभएको होइन।सामान्य परिवारको मान्छे रूप बोलिबचन राम्रो छ ।तर मेरो भन्दा हैसियत कम छ।उसको बुवा आमा पढेलेखेको हुनुहुन्न।त्यहि सम्झेर पनि हासो उठेर आयो ।खुब म सॅग बिहे गर्ने सपना देखेको होला भेट्यो मोराले….हाॅसेछु पो मज्जाले।
म ब्वाईफ्रेण्डलाई धोका दिदै थिएॅ
अचानक उ उर्फ बिहेको कुरा चलेको मान्छे आउने दिन तय भयो ।म बिहानै देखि मेकअप गर्दै बसिरहेकी थिएॅ जसरि भएपनि उसलाई प्रभाब पार्नु थियो अचानक ब्वाईफ्रेण्डको फोन आयो 2 पल्ट काटेॅ।फेरि आयो अनि उठाएर झपारेॅ ।के हो पारा एकपल्ट काटेपछि त ब्यस्त रहिछे भनेर नगर्नु नि! उसले माया दर्शाउदै भन्यो के भयो कालु?? किन झर्किएकि? मैले भनेॅ : तेरो चाला ठिक छैन भन्ने सुनेर अब तॅलाई छाड्दैछु आइन्दा फोन गरिस् भने ठिक हुदैन। उताबाट के भन्यो परबाह नगरि फोन स्विच अफ गरिदिएॅ।
आफन्तले भनेको ठाउॅमा हाम्रो भेट्ने कार्यक्रम थियो ।म पुग्दा उ अघिनै आइपुगेको रहेछ चिन्नमा केहिबेर पनि लागेन।अरूको अगाडी बोल्न धकाउने म उसॅग चै त्यति अप्ठ्यारो लागेन ।सरसर्ति नियालेॅ एकपल्ट .. मान्छे त्यति राम्रो होइन कालोकालो रहेछ लुगा मिलाएर लगाएको कपाल चै कन्सिरीमा फुलेको रहेछ मिलेका दाॅत ,केहि मोटो शरिर भएपनि नराम्रो पनि होइन तर उमेर चै अलि बढी नै जस्तो लाग्यो।आ.. उमेरले के गर्छ र राम्रै छ पैसावाल रहेछ पढेलेखेको मान्छे यस्तै हो नि उसको बुढ्यौलीसॅग पनि मनले सम्झौता गर्यो। एकछिन हालखबर सञ्चो बिसन्चो का गफ भए अनि भबिष्यका योजनाहरू के कस्ता छन् भनि सोध्यो म उत्तर दिदै बसेॅ।
घर पुगेपछि फोन आयो। उसले सोध्यो: म कस्तो लागेॅ त तिमीलाई?
पहिले भन्नु हजुरलाई म कस्ति लागेॅ ??
नराम्रि छैनौ …. कताकता खल्लो लाग्यो धेरै राम्री छौ भन्ला भन्ने सोचेकि थिएॅ।रूपको कुरा मात्र होइन समग्रमा भन्नु न मैले भनेॅ… मेरो स्ट्याण्डर्ड कि त होइनौ त्यही पनि ठिकै छ
मलाई रिस उठ्यो र सोचेॅ खुब घमण्ड रहेछ कहिले आफ्नो अनुहार ऐनामा हेरेको छ के .. । त्यसपछि फोन अफ गरिदिएॅ र ब्वाईफ्रेन्डसॅग माफी मागेॅ गाली गरेको कुरामा।।
जिस्केकी हो नि काली मलाई थाहा छैन र? कति परिक्षा लिन्छौ है? पख न तिम्लाई मैले जान्या छु उसले भन्यो।
मन हल्का भयो ।

Archana Baral, अर्चना बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.