बहरबद्ध गजल

Spread the love
Taranath, Bhandari, तारानाथ भण्डारी , pallawa, पल्लव

तारानाथ भण्डारी

चलाएर गोली लगातार भन्छौ ।
सिकेछौ सदा यै सदाचार भन्छौ ।।

छल्यो जिन्दगीले भताभुङ्ग पारी ।
तिमी फूल टेक्दै बिझ्यो धार भन्छौ ।।

अचम्मै छ सुन्दा यो प्यासी शहरमा ।
सबै मूल थुन्छौ र हो द्वार भन्छौ ।।

 

वचन तीर चल्दा दुखेको छ छाती ।
तिमी दुख्नु पर्दा ठुलै भार भन्छौ ।।

म लत्रिन्न कैल्यै दुरात्मा कता छ ?
निशाना बताऊ तिमी हार भन्छौ ।।

छन्द: भुजङ्गप्रयात
बहरे मुतकारिव मुसम्मन् सालिम ।
सूत्र : ISS, फऊलुन् × ४
तारानाथ भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *