बहरबद्ध गजल

Spread the love
Basudev, Pandey,वाशुदेव पाण्डेय,pallawa, पल्लव

वाशुदेव पाण्डेय

घोचेर घाउ पार्ने गर्छन् सबै छुराले
चोटै नलाई दुख्ने पार्छन् कुनै कुराले

नेपालमै म जन्मे नेपालकै छु हिस्सा
आभास गर्छ कैले डोल्पा र बाजुराले ?

कर्तव्य भुल्छ नेता, बिर्सन्छ पूर्व वाचा
सत्ता र सुन्दरी झैॅ तान्यो भने सुराले

 

नेपाल देश मेरो मिल्नेछु फेरि पक्कै
सोच्ला र खोसिएको के लिम्पिया धुराले ?

संसार स्वप्नजस्तै गाँसिन्छ,टुट्छ नाता
आजन्म साथ दिन्छन् यी हात पाखुराले

बहर : मुजारे मुसम्मन अखरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *