कस्तो छ यो जवानी मागेर पाइँदैन
भो चाहिँदैन भन्दै भागेर पाइँदैन ।।
आफैँ बहार बन्छन् अाफैँ रसाउँछन् ती
बेला र बैंसलाई दागेर पाइँदैन ।।
आँखा छलेर कुँद्छन् अत्तालिँदै दगुर्छन्
पर्खाल, बार, डण्डी नाघेर पाइँदैन ।।
चाहिन्छ शिल्प नौला भाषा सुसभ्यताको
पाइन्न त्यो रुँदैमा जागेर पाइँदैन ।।
सम्झेर ल्याउँदा यो सोच्यो स्वयम् हरिले
हा.. हा.. भनी पिछा क्वै लागेर पाइँदैन ।।
