नेपाल हेर्ने सपना

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

पिठ्युभरी बम बारुद बोकेर
तिमी निस्किएकी थियौ
एउटा सुनौलो भबिष्य बनाउन
रुकुम रोल्पाका बिकट बस्तिहरुमा
कहिले लडाइ गर्दै
कहिले चेतना र जागरणका
गित गाउदै
राप्ती र भेरीका छालहरुमा
गुन्जिदै थियौ !

एसेलु चोथ्रा र जंगलका काडाहरुले
निसाना बनाएर
शरीर भरी कोतरेर
रगत बग्दा त
कहिले दुस्मनको हातबाट–

 


चलेको गोलि
आफ्नै पाखुरामा पर्दा
डराएकी थिइनौ
समाज परिवर्तन गर्ने चाहामा
बरु ज्यान नै किन नजाओस
भनी अग्रपंक्तिमा उभिन्थ्यौ !!

संगै खाएका हिडेका परम मित्रहरु
ठाउको ठाउँ गोलीको निसानामा
माटोलाई रगत चढाउदै
अलबिदा हुदा समेत
मुटु कमाएकी थिइनौ
आफ्नै दाइ भाइहरु
पानी माग्दै छटपटाउदा
एक थोपा आँसु बगाएकी थिइनौ !!

बुढा बा आमालाई कैदी बनाएर
चरम यातना दिदा समेत
हजारौ बा आमाका लागि भन्दै
कोमल मुटुलाई ढुङ्गामा गालेर
हिडेकी थियौ युद्द मैदानमा
साच्ची आज नयाँ नेपाल हेर्ने
तिम्रो सपना पूरा भयो भएन !

तिमिले चलाएका बन्दुक
क्यान्टोनमेन्टमा थन्किए
पढ्ने लेख्ने बेलाको सबै समय सुम्पिएर
बा आमाको काख छोडेर
भोकै प्यासै तिमी लडेउ
सर्बाहारा श्रमजीवी र गरिवको दिन आउनेछ
नारी र पुरुष बिचको विभेद मेटिनेछ
जातभातको विभेद अन्त्य हुनेछ
भन्ने संकल्पका साथ
आफ्नो जिन्दगी दाउमा राखेर
अब दिन फिर्ला भन्ने बेलामा
अयोग्यको बिल्ला भिराएर
घर पठाउदा
तिमिले आसुका घुट्का निलेको
देख्नेहरु धेरै छन !

करोडौंको सम्पत्ति जोडेर आज तिनै नेता
सत्तामा बसेर भत्ता चपाउदै
दिनानुदिन हिमालय पर्बत भिमकाय
भएका तिनै नेताहरू
आफ्नै अकर्मन्यताका कारण
बामपुड्के भैसके !!

लडाकु सहिद परिवार घाइते अपांग
बिचल्ली मा छन
हिजो नारी र पुरुष बिचको
विभेद अन्त्य गर्न
समानताका गितहरु गाउदै
हिडेका दिदी बहिनिहरु
हिंशाको जातोमा घुमाइदैछन
पिडाको आहालमा नुहाइदै
घर धन्दा समालेर बस्न बाध्य छन !

साच्ची हिजो तिमिलाई
कोर्न लगाएको नेपालको नक्सा
देखाएको बाटो र बुझाउन लगाएको परिभाषा
आजको दिनमा
पूरा भयो भएन?
सिस्नो र आटोले भर्दै हिडेको पेट
र तिनिहरुले व्यतीत गरेको जीवन
आज उस्तै छ कि छैन
फेर्नुपर्छ रुढीबादी चिन्तन
र बदल्नुपर्छ जनजीवन
पाउनुपर्छ सबैले न्याय
आज कार्यान्वयन छ कि छैन
बनाएका नाराले सार्थकता पाए पाएनन
अनि जनताले हेर्न चाहेको नया नेपाल
र तिमिले बनाउन चाहेको नेपाल बन्यो बनेन
प्रिय् दिदी
नयाँ नेपाल् हेर्ने तिम्रो सपना पूरा भयो भएन ??!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.