बहरबद्ध गजल

Spread the love
Basanta, Oli, Basantee, वसन्त ओली वसन्ती , pallawa, पल्लव

वसन्त ओली वसन्ती

कठै ! ऊ निरन्तर सधैं रूनुपर्छ,
झिकी आँसु बर्बर सधैं रूनुपर्छ ।

न त्यो सुक्छ कैल्यै न रित्तिन्छ कैल्यै,
यसो सोच्छु सागर सधैं रूनुपर्छ ।

गरेँ पाप मात्रै सदा जिन्दगीमा,
त्यसैले म सकभर सधैं रूनुपर्छ,

 

दुबै हात हेर्‍यो कुनै एउटाले,
भन्यो सुस्त भर्खर सधैं रूनुपर्छ ।

`वसन्ती ´नआऊ मेरो जिन्दगीमा,
समाएर खप्पर सधैं रूनुपर्छ ।।

बहरे मुतकारिब मुसम्मन सालिम
१२२ १२२ १२२ १२२
वसन्त ओली `वसन्ती´
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *