*खुशीको खोजी*

Spread the love
Radha, Rijal, Pokharel, राधा रिजाल पोखरेल, pallawa, पल्लव

राधा रिजाल पोखरेल

जीवनमा यसो हाँसु भन्ने लाग्यो
र त केही साँचु भन्ने लाग्यो
कहिले काँही सारा कुराहरु बिर्सेंर
निसंकोच प्रफुल्लित हुँदै खुशीका
उन्मादहरुलाई पोल्टाभरी भरेर
जिन्दगीको शान्त तलाउमा
बुर्कुशी मारेर दौदडै दौदडै झ्वम्म
हामफाली डुबुल्किदै
बेमेलका ,असंतुस्तिका
अनी अबिश्वासका बसेका
काला धब्बाहरु खोटहरु
दागहरुलाई पखाली
छ्याङ्ग हलुको हुँदै
बिगतको पुरानो गिलासमा
बर्तमानको चिसो खुशीको
गुलियो चुस्की लिदै
झुम्म झुम्म नाँच्न मन लाग्यो |

 


के दिन्छौ तिमी साथ मलाई ??
सोधे समयसँग
उस्ले टाउको कन्याउदै अक्मकाउदै भन्यो
खै के भनु ?? अनी मुसुक्क हाँस्दै भन्यो
तिम्रो त जुनि बित्न लागिसक्यो ……
म झसङ्ग झस्किय
खस्रक्क खस्किय
स्वधरातलबाट बिस्तारै भाँस्सीय
अोहो !! अतितबाट बर्तमानमा
स्वभाविक हुँदै लस्किय |
के जीवनमा रमाउन उमेरले छेक्ला र ?
मनमनै रिस उठ्यो मलाई
पत्तै नदीइकन परिवर्तन गराइदिनी समयसँग …
जे परोस जस्तो परोस
एक पटक त म हाँस्छु हाँस्छु जीवनसँग
र त कस्सिय म कम्मरै कसेर …
एका बिहानै उषालाई अङाली
काँचका टुक्राहरू झै देखिने
चिसा सितका थोपाहरुलाई
जिउभरी चाँदी झै टल्काउदै बताससँग
लहरिदै गरेको रातो फक्रेको गुलाबसँग
अलिकती रङ मागे ,अलिकती हाँसो मागे
तर उस्ले मलाई निराश पार्दै भन्यो
तिमी काँडाहरु बिच फक्रन सक्छौ ….?
म चुप भय |
राती सारा जगतलाई ब्रमान्डलाई
उज्यालो बनाइ सीतलता प्रदानगर्ने
चंद्रमासँग अलिकती प्रकाश माँगे
यसो अंध्यारो यो जीवन
चम्किन्छ कि भन्ने आशले
हत्तेरी !! उस्ले पनि यो रातमामात्र
सम्भब छ भन्छ …
तिमी अंध्यारोमा रमाउन सक्छौ ??
अंध्यारोबिना उज्यालो काँहा पाहिन्छ भन्छ |
म चुप चाप मनमा गाँठो पार्दै गम्न थाले ।
फेरी एकनाश गंतब्य भेट्न दौडीरहेको
सुसाइरहेको नदिलाई रोकिने इसारा गर्दै सोधे
म पनि जीवनमा शुख लाई संगम
बनाउन चाहन्छु ….
बहाबलाई निरन्तर कायम राख्दै
मलाई हेर्दै नहेरी जवाफ दियो
आँधीवेरी ,बाढीपैर्हो तुफानसँग लडन सक्छौ ??
किनारलाई छोड्नुपर्छ सक्छौ ?
समयानुशार उर्लन ,लछारिन ,पछारिन
र सुक्न पनि पर्छ सक्छौ ??
तिमीबाट सम्भब छैन |
नदी मलाई जिस्काउदै अघी बड्यो ….
अनादिकाल देखी गजधुम्म परेर बसेको
आफ्नो मनभित्र हावा ,हुरी ,झरी ,बादल
आँधीबेरी ,अशिना सबैलाई पोको पारेर
कुनै गहिरो तपस्यामा लिन भय झै छ ऊ
कसैले डगाउन नसक्ने अडिग छ उ
मैले तेही पहाडसँग सोधें
मलाई अलिकती तिम्रो उचाइ दिन्छौ ??
म जीवनमा सजिलै माथि पुग्न चाहन्छु …
आँखा उघारी उ बोल्यो
तिमीसँग धैर्यता छैन एकाग्रता छैन
सहनसक्ती छैन
असल कर्म ,मेहेनत र पौरखबिना
तिम्रो जीवनमा कुनैपनि कुराहरु
सम्भब छैन |
तेसैले कर्म गर्न सुझाउछु म …
बाँकी जीवनलाई जिवन्तता दिन
हरक्षण ब्यस्त भै खुशी खोज्ने
यो मेरो प्रयासले के सान्चै
खुशी भेटियला ……? खुशि भेटियला …?

Leave a Reply

Your email address will not be published. Required fields are marked *