छिनैमा खुशी, उमारेर छोड्यौँ
चुमे झै गला, मुसारेर छोड्यौँ ।
लुकेका थिए, ति पर्दा पछाडि
नशा प्रेमको, उतारेर छोड्यौँ ।
अचम्मै थियो, चढेको जवानी
हिजो रातिमा, उधारेर छोड्यौँ ।
यहीँ काखमा, बिसाएर भारी
र यो जिन्दगी, थमारेर छोड्यौँ ।
प्रिया सम्झिएँ, मुटू भित्र राखेँ
सजाएँ जहाँ, बढारेर छोड्यौँ ।।
बहरे मुतकारिब सालिम मक्बूज अस्लम सालिम
सूत्रः ISS, ISI, SS, ISS,
दिनेश क्षेत्री
कालिका तीन
बर्दिया
