गजल

SabitaMs, Chaulagain‎, सविताचाैलागार्इं, pallawa, पल्लव

सविता चाैलागार्इं

कम्जोर हुन्नन् नारी, हामीले देखाउनै छ हेर,
राम्रो काम गर्नको लागी कहिल्यै गर्नु हुन्न बेर ।

नारी–पुरूष बराबरी, एकता ले हुन्छ विकास
प्रतिभालाई चुप लागेर जान दिनु हुन्न खेर ।

सगरमाथा झैँ शिर बनाई अघि बढौँ निरन्तर
सफल बनी शिखर चुम्दा, झुम्मियोस् नारी नेर ।

 

चम्के सीता, पसाङ, हिलारी, अब हाम्रो पालो
अशल शासक बन्न सक्छन्, हाम्रो भनार्इ टेर ।

कमी र कमजोरी हुन्छन सबै मानवहरूको
निरीह नठान नारीलाई, परे बन्न सक्छन शेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.