तिम्रो नैतिकता

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

बेचे मानिसले विचार नगरी ती वीरको आर्जन।
ऐले खोज्छ हिसाब मानिसहरू ती वीरको सिर्जन।
पुर्खाको इतिहास मासिन गयो ज्युदै गरे तर्पण।
हेर्दै दृश्य अदृश्य मानिस मरे अज्ञात भै कारण।।

आमाका तनको लुछेर कपडा बेच्दै छ चोली पनि।
बण्डा भाग लगाउने रहरले दासत्व पार्छौं भनि।
तोड्दा देश हुने छ उन्नत कहाँ चोक्टा र लाम्टा गरि।
गिद्धैको अधिकार हुन्छ अनि लौ बस्छौ कता के गरि।।

 

खुट्टा तान्छ घिसार्छ लम्पटहरू ब्वाँसो कतै चाट्द छ।
अर्को भन्छ म काट्छु हात र चुरा मेरो सबै पर्दछ ।
आमाको शिरको विभाजन भनी चुल्ठो धरी तान्द छ।
भाला हान्दछ पेटमा र मुखले मातृत्व हुङ्कार्दछ।।

तिम्रो देश कता गयो भन तिमी काटेर के पाउला।
आफ्नै देश पराइको अधिनमा सुम्पे र के खाउला।
आफ्नै त्यो अधिकार मासिन गए तल्ला घरे आउला।
गौरीशंकर नाम मात्र रहला अर्को कुनै छाउला।।

मेची झ्याप्प हुनेछ पूर्व तिरको काली अरे पश्चिम।
तिम्रो देश कता कता अब भयो खोज्दै छु सोद्धै छु म।
तिम्रो दक्षिणको विचार गर है अर्कै कुरा सुन्छु म।
तिम्रो नैतिकता विवादित भयो भन्ने कुरा बुझ्छु म।।

त्यो तल्ला घरको चिसो हृदयले संमान बुझ्दै न है।
तिम्रो मानवता विचार नगरी सीमा सधैँ सार्छ है।
तिम्रो शक्ति घटाउने विषय मा भैया अघी सार्छ है।
नेपाली पन छैन देश भरमा हिन्दी कुरा गर्छ है।।

स्थान – CMC Vellore
मिति- 16/03/2017
समय- 05:55:00

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.