गजल

Gita, Geeta, Sapkota, गीता सापकोटा, oallawa, पल्लव

गीता सापकोटा

आशमा होइन हामी प्रयासमा बाँच्नु पर्छ
आफ्नो हित गर्नलाई नारीआफै तात्नु पर्छ ।

भाग्यलाई दोष दिँदै नवसौं दिदी बहिनी
कर्म गरौ जीन्दगीको खूसीलाई साँच्नु पर्छ ।

आफ्नो हकको निम्ति लडार्इ लडौं नडराईं
जाई लोग्ने मित्रहरू आफैँ भित्र थाक्नु पर्छ ।

 

रूढिग्रस्त समाजलाई सबै मिलि हटाउन
सक्षमले असक्तको ख्याल पनि राख्नु पर्छ ।

समाज अनि देशको विकास गर्न परेमा
आपस नारी पुरूष एक भन्दै जप्नु पर्छ ।।

बोनसमा एउटा मुक्तकः
दुई मुटुको तन फरक धड्कन एउटै छ
चाल फरक माया भित्र वन्धन एउटै छ ।
परिस्थितिले हाम्रा यि तन टाढा भएपनि
सझनामा डुब्दा लाग्छ हाम्रो जीवन एउटै छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.