छविकिरण अोलीका केही टुक्र–टाक्री

Spread the love
Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

नालि माथिको कबि र कबिता
गन्धा नाली बिवस कबिता द्रिष्य आकाश हेरी
गल्दै गल्दै सब तन गयो सिजँना सार मारी ।
आची पुच्छन् चपल शिशुकोच्यातिफाल्छन् समाति
त्यो बेला दुख्छ कबिमन यो तुच्छ नाली समाधी ।।

मुक्तकः
साथी साथ बने निक्रिष्ट जनको हान्दो छ छाती तिर
मिले साथ उमङ्गले स्वजनको आत्मा छ आफै तिर ।
चाहीयो पहिचानमा नव कला साँचो र झूटो मन
गेरु भष्म लगाउदा स्वजनले भेटिन्न है त्यो मा ॥

 

मेटीयो सतधमँ हिन्दु जनको पोल्टा भरीए यहाँ
मेटीयो तलको सिमा दशगजा देख्दैन कोही यहाँ ।
मन्छेको मन द्रव्यमा लहसियो के वन्छ नौलो यहा़ँ
उस्तै छन् पथ मागँ देशभरमा को गछँ चिन्ता यहाँ ॥

तिमीहाँस्थ्यौ मीठो खितखित अहो चन्चल बनि
खुला देखिन्थे दन्त जलप नयाँ मोहनि धनि
मनै भूल्थ्यो आफै परुषपन त्यो झङ्क्रित बनि
शुधा झथ्योँ आफै तपतपगरी शीतल बनि॥

सपना
फुर्दैनन् नवचेत भाव शिरमा मस्तिस्क मैलो भयो
घोचीयो मुट माँझमा चसचसी के पाप मेरो भयो ।
आई चट्ट फुलोस यो मगजमा सौन्दयँ झल्की अब
आशा पल्लबदार मन्जु सपना उलेँर आउन् अब ॥

रातो सूर्य उदाउदा सुनहला श्रीङ्गार नौलो बन्यो
खूले भाव नयाँ मिटा ह्रिदयमा सौन्दयँ आफै खुल्यो ।
जोडी शब्दसुधा नयाँ प्रकृतिका शोभा दिए सुन्दर
आत्मा शान्ति भयो सुदिब्य कबिता लालित्य छँदै पर ॥

झल्कन्थीन् पनि माधुरी सरस्वती निन्द्रा सुलायो तब
आशा पुग्छ जहाँ उचा शिखरमा देखी सुनौलो पथ
गाएँ जाग्रित गीत ती सपनिमा कत्ती नमानी धक
सारा कोमल कोपिला अलप भै खाली बिहानी पख॥

छबिकिरण वली

Leave a Reply

Your email address will not be published. Required fields are marked *