अचम्मको सञ्जीवनी

Bishnu, Prasad, Upadhyaya, विष्णुप्रसाद उपाध्याय, pallawa, पल्लव

विष्णुप्रसाद उपाध्याय

मुर्छा लक्ष्मण देशमा कति भए खै काँछ सञ्जीवनी।
छोरी रावण हस्त अर्पणगरी खाँदैछ सञ्जीवनी ।
शत्ता शक्ति समाजमा र घरमा प्यारोछ सञ्जीवनी ।
निस्क्यो प्राण समुद्रको कति मरे खाएर सञ्जीवनी।।

आफ्नो नैतिकता विगार्छ कतिले सम्झेर सञ्जीवनी।
केहो काम अचम्म लाग्छ मनमा के गर्छ सञ्जीवनी ।
मार्थे देव मिलेर दानवहरू पाएर सञ्जीवनी ।
निस्क्यो दानवको प्रयाशवलले त्यै होत सञ्जीवनी ।।

 

रोगीका मुखमा परेछत भनेँ मार्नेछ सञ्जीवनी।
खायो धेर भनेँ अपाच्य जहिल्यै गर्दोछ सञ्जीवनी।
फुस्रो धाँक लडाउने कतिजना धोकेर सञ्जीवनी।
कस्तो स्वादछ यो विचित्र महिमा कस्तो छ सञ्जीवनी।।

आँखा टिल्टिल पार्छ रे कतिजना देखेर सञ्जीवनी।
आफ्नो देह समेत बेच्छ कतिले प्यारो छ सञ्जीवनी।
सोचेको जति भेटियो पनि भने चाहिन्छ सञ्जीवनी।
सोचेको मनले पुगेन जहिले चाहिन्छ सञ्जीवनी।।

यौटा शब्द बनेर विश्व भरमा गुञ्जिन्छ सञ्जीवनी।
हुन्थ्यो केर तथापि मानिस अझै बुझ्दैन सञ्जीवनी।
प्यारो शब्द छ भावमा हृदयमा देदिप्य सञ्जीवनी।
प्यारा वाक्य सुधार विश्व भरि नै फैलन्छ सञ्जीवनी।।

गर्थे देव असाध्य वाक्य रसमा दिन्थे नि सञ्जीवनी।
उठ्दा क्रोध अघोर श्राप मुखले प्राणान्त सञ्जीवनी।
ध्यानाकर्षण शब्दमा यदि भए जीवन्त सञ्जीवनी।
नामै मात्र रहेछ शब्द सुरिलो दैवत्त्व सञ्जीवनी ।।

विष्णुप्रसाद उपाध्याय स्थान- सिलगढी
चलभाष- +91943401265
मिति- 23/02/2017
समय- 05:20:00

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.