बहरबद्ध गजल

Spread the love
Basanta, Oli, Basantee, वसन्त ओली वसन्ती , pallawa, पल्लव

वसन्त ओली वसन्ती

आँसुको तालमा जिन्दगी नै बित्यो,
दु:ख बेहालमा जिन्दगी नै बित्यो ।

टिन लगाई बसे छर-छिमेकी बरु,
आफ्नो चैं पालमा जिन्दगी नै बित्यो ।

कर्म राम्रो गरे भन्नु पर्दैन है,
तासको खालमा जिन्दगी नै बित्यो ।

 

एउटी रूपकी अप्सराले भनी ,
प्यारको जालमा जिन्दगी नै बित्यो ।

भोलिको आशमा पर्खिएरै बसेँ,
बर्तमान् कालमा जिन्दगी नै बित्यो ।

छन्दः स्रग्विणी, बहरे मुतदारिक मुसम्मन सालिम
SIS SIS SIS SIS
वसन्त ओली `वसन्ती ´
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *