सृजना अर्याल अधिकारीका तीन टुक्रा

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

रातो खूब सुहाउने कलर हो रातै लगाऊ तिमी
सर्दी लाग्छ गरेर ख्याल कपडा तातै लगाऊ तिमी
रूघाले पनि ग्रस्त पार्दछ चिसो पानी नखाऊ न है
खोकी लागिरहन्छ बाहिर कतै केही नखाऊ न है!

तिम्रा रोग र शोकले मनभरी आँधी हुरी चल्दछ
ऐया!मात्र भन्यौ भने हृदयमा आगो उसै बल्दछ
आँखामा नबगाउनू न सरिता त्यो छाल उर्ल्यो भने
मै बग्नेछु सँगै त्यसै लहरमा रोकिन्न कस्तै गरे

 

हाँस्यौ मख्ख पर्यौ भने मनमनै हाँस्नेछ मेरो मन
हाँस्थेँ चन्द्रमुखी बनी हृदयको गाँठो फुकाईकन
फक्रिन्छन् अनि बासना कुसुमको फैलिन्छ चारैतिर
बिन्ती हाँस न हाँस हे प्रिय सखे!बिर्सेर सारा कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.