आकाशगङ्गा !

Viplav, Dhakal, विप्लव ढकाल, pallawa, पल्लव, Dhakal

विप्लव ढकाल

(यो गीत तिमीलाई)
कुहिरोभित्र छोपिएको प्यारो आकाशगङ्गा,
तिमीभित्र उड्दै छु म चुँडिएको चङ्गा !

कहाँ पुगी अल्झिन्छ यो काटिएको धागो ?
निभ्ने हो कि ननिभ्ने हो कलेजीको आगो
आज मलाई आफैसँग लागेको छ शङ्का
तिमीभित्र उड्दै छु म चुँडिएको चङ्गा !

 

आँधी चल्छ मुटुभित्र, आँधी चल्छ आँधी
कसले मलाई छोड्यो एक्लै प्रेमको धागो बाँधी ?
सपनामा चैत लाग्यो पात नाङ्गा नाङ्गा
तिमीभित्र उड्दै छु म चुँडिएको चङ्गा !

विप्लव ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.