गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

आगमन भएथ्यौ जिन्दगीमा खुसी ल्याएर
परार्इ भयौ आज कोमल, दिल दुखाएर ।

ऊ मेरो दिलमा रै’छ बल्ल आज थाहा भयो
के हट्थ्यो माया सिरानीको तस्वीर हटाएर ।

झूट्टा सपना देखाएर सन्सार जित्छौँ भन्दै
पिलाए थ्यों जहर मलाई एक्लो बनाएर ।

 

पीरै पीर दिएर ऋणी बनेछु निष्ठुरीको
चुकाउनु छ ऋण मैले बाडुल्की पठाएर ।

त्यागमा नि त माया हुन्छ भन्ने ठानी मैले
राखेकी छु तस्वीरहरू दिलमा सजाएर ।

सिसा चौधरी
झापा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.