गजल

Spread the love
Sushila, lamchhane, सुशिला लामिछाने, pallawa, पल्लव

सुशिला लामिछाने

घमन्ड नै कति गर्छौ मरिजान पर्छ
जस्तो सुवास् छर्छ फुल, झरिजान पर्छ ।

जति गर्छो पाप–पुण्य आखिरमा तिमी
त्यही कालको मुखमा, परिजान पर्छ ।

छुपेको छ अपराध, भन्दै ढुक्क किन ?
त्यही भर्ने माना–पाथी, भरिजान पर्छ ।

 

पैसा मुखी हैन, मन राम्रो हुनु पर्छ ,
मर्दा जेथा अर्कैको नाम गरिजान पर्छ ।

सक्छौ भने पुण्य गर, पाप सबै त्यागी
सत्कर्मको बाँधले स्वर्ग तरिजान पर्छ ।।

सुशिला लामिछाने
तारूका, नुवाकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *