बहरबद्ध गजल

sanjaya, ghimire, संजय घिमिरे , pallawa, पल्लव

संजय घिमिरे

शिला खोजि देउता भेटियो मजा भैदियो
भयौ अंधकार रातमा दियो मजा भैदियो ।

थियो मन निठुर,पत्थर नपग्लिने रै छ झैं,
तिमी के गरीदियौ?पग्लियो मजा भैदियो ।

सधै हुन्नहुन्न भन्थिन छुपाइ ईच्छाहरू,
फकाएर आज अंगालियो मजा भैदियो ।

 

हराएं छु आफु स्वयं घटेछ हाम्रो दुरी
पियूषझैं मिठो अधर जो थियो मजा भैदियो ।

मुहार मात्र सामुमा आउने अनौठो गरी,
दुबैमा नयाँ व्यथा सल्कियो मजा भैदियो ।

बहर:मुतदारिक मखुल्ला
रूक्न:12212-12212-12212

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.