गरीब हाँसे देश हाँस्छ

Spread the love
Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

न कुल्च मान देशको निचा बनी रमाउँदै
न मेट नाम बिश्वमा बहादुरी गुमाउँदै
न चाल जाल सबॅदा स्वदेश बन्छ निधॅन
न ल्याउ नित्य गाउँमा नयाँ बिषादका दिन॥

नयाँ नयाँ बिचारका युवा जमात गजिॅए
समस्त देशको ब्यथा बुझेर गाउँ गुन्जिए
उदास दास जिन्दगी न सोच बन्धु हो अब
सचेत चेत लोक छन् दबेर बस्छ को अब॥

 

उमार भक्ति राष्ट्रको अमूल्य प्रेम भावमा
अपूणॅ पूणॅ बन्छ है सुमागॅमाथि हिड्नमा
अबेर बेर भैसक्यो अदम्य जोसमा जुट
चिता जलाइ घातको मुहार फेनॅ लौ उठ॥

जुटाउ सार भावना डुली हिमल कन्दरा
उघार झ्याल ज्योतिको प्रबुद्ध बुद्ध भै जरा
समान न्याय मिल्छ है बिचार शुद्ध भईदिदा
मुहार हाँस्छ देशको सबै गरीब हाँसदा॥

छन्द पन्च चामर
छबिकिरण वली,
दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *