दीपक नेपालका केही मुक्तकीय ट्रक्राहरूः

Spread the love
deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

केहि नसोचि दाँयाबाँया यौवन फुकायौं तिमीले !!
दर्द छर्लङ्ग देखिन्थ्यो आँखामा लुकायौं तिमीले !!
देखेनन् देख्नेले नदेख्नेले चाल पाउदै पाएनन् !
दबाएर मन भित्र नै पिडा अश्रु सुकायौं तिमीले !!

मानव रूपी अजिंङगरको आहार बाट !
देश खोक्रो भैसक्यो भ्रष्टाचार बाट !!
बेथितिहरू पन्छ्याई देश विकास गर्ने !
आस छैन कुर्सी मोह सरकार बाट !!

 

दौडिरहन्छिन कसैको चिल्लो कारमा !
साझ पख सधै धाउछिन क्लब बारमा !!
बाध्यता होकि रहर उनी आफै जानुन !
दुई छाक खान किन बिकेकी हजारमा !!

बिपनिमा नभेटेता पनि सपनिमा हुनुपर्यो !
कसलाई कति गर्ने मायाको सिमा हुनुपर्यो !!
प्रयोग मात्र गर्न सिपालु यो दुनियाँमा अब !
घर गाडिको जस्तैः मायाको बिमा हुनुपर्यो !!

मध्य त्यो रातमा कोई रूदै थिए कोहि कराऊदै थिए !
जमात मान्छे लगातार एकोहोरो शंख बजाऊदै थिए !!
पहिरन सेतो छुवाछुत गर्न नहुने बुझिन मैले के भो के !
दूर दूर देखी आफन्तहरू सांत्वना दिन आऊदै थिए !!

मेसिनलाई झैँ निर्धारित तोकेको छ समय !
अरुकै अधीन अरुकै खटन हुन्छ सधैं भय !!
एकदिन नगए तीन दिनको तलब काट्छ !
हामी प्रबासिलाई यस्तै छ सजायको तय !!

पीडाले म रुँदा उनको आँसु झर्छ अरे !
बिलापमा भगवान को शरण पर्छ अरे !!
यो उनको म प्रतिको माया लाई देख्ने !
गाउँ शहरका मान्छेले डाहा गर्छ अरे !!

मलाई गरिबीले आज पठायो प्रबासमा !
सधैं न रुन न हाँस्नु बनायो प्रबासमा !!
जति काम गरेपनी थाकाई नबुझ्दा खेरि !
आमा हजुरको यादले सतायो प्रबासमा !!

दिनेछु बिश्वासको आधार तिमिलाई !
छलकपट रहित चोखो प्यार तिमिलाई !!
अरुले झैँ जनम दिन र उत्सवहरूमा !
दिन सक्दिन महंगो उपहार तिमिलाई !!

एक्सरेले पनि देख्दैन छ त्यति भित्र !
लुकाई राखेको छु सुन्दर तिम्रो चित्र !!
मेरा हरेक गल्तिमा पनि साथदिने !
तिमी हौं मेरो जिबनको असल मित्र !!

अग्रजहरू बाट धेरै कुरा सिक्नु छ !
यहीँ नेपाली साहित्यमा टिक्नु छ !!
कसैले सिकाउनुन साहित्य मलाई !
स्वार्थी दुनियाँमा सजिलै बिक्नु छ !!

दु:खमा पनि जिउन जानेको छु !
तिमीलाई नै आफ्नो ठानेको छु !!
जुनिभरी साथ दिन्छौं भन्नेमा !
तिमिमा पुर्ण बिश्वास मानेको छु !!

मरेर जिउछु पलपल तिमी बिना !
हुन्छ जिबनमा हलचल तिमी बिना !!
पागल झैं भैतारिदै हिड्छु होला !
हुनेछ गाउँ घर खलबल तिमी बिना !!

दीपक नेपाल
मार्पाक-५,निमार्चोक
धादिङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *