कला हराएको कथा

Spread the love
Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

… उ यौटा गोठालो हो । उ यौटा किसान, यौटा घाँसी र यौटा कबि कथाकार पनि हो। उ सधैं साँझ बिहान गोठमा जान्छ। गोठका बस्तुभाउको मलमुत्र सोहछॅ र बस्तुभाउलाई घाँसपत हाल्छ। लैनो पारो खुटाका बलम ब्रुक ब्रुक उफ्रेर नाचेकोमा अौधि रमाउ छ र उ आफ्नो बल्य जीवन तिर फकॅन् छ। उ आफु पनि आफ्नी आमाको काखमा उफ्रदै धोतिको सप्कोमा लुकेर आमाका लाम्टा चुसेको सम्झन्छ। अनि आफै मुसुक्क हाँस्छ र कता कता हराउँ छ। उस्ले समय बितेको पत्तै पउँदैन। गतिशिल समयले उसलाई घचघच्याउँ छ। उ निन्द्रा बाट ब्यूझिय झैं झस्किन्छ। शितको थोपमा सूयॅको किरणले स्वणिॅम रुप धारण गरेको देख्छ। उस्का आँखा तिरमिराउ छन्। उ एक छिन रनभूल्लमा पछॅ । आफ्ना दुबै हातले दुबै आँखा मिच्छ र लामो निशास हल्छ। हँसी र नाम्लो लाई साथि बनाएर घाँस काट्न वनतिर प्रस्थान गदॅछ।

 


जब उ सुनसान एकान्त वनमा प्रबेश गछॅ, त्यहाँ प्रकृतिको सुन्दर कलाकारिता देख्छ। त्यहि सुन्दर कलाकारिता भित्र अनेक चराचुरङ्गि हरुले आ-आफ्ना भाषा र लयमा गीत गुन्जाइ रहेका हुन्छन्। उ तिनै गीतलयका स्वरमा आफ्नो स्वर मिलाउदै गुनगुनाउ छ। हात र हँसीयाको ताल पनि गुनगुनकै तालमा दौडाउ छ। एक आध घन्टाको अबिश्राम पछि उस्को हात र हँसीयाको गति रोकिन्छ। उ घाँसकोभारी पुगेकोमा खुसी हुन्छ र घा़सको भरी पाछॅ। घाँसको भारी बोकेर उ घरको बाटो लाग्छ।
उकालो बाटो घाँसको भारीले थिच्दै जान्छ। उसले सास फुलेको अनुभव गछॅ। उसका गोडाको गति सुस्त हुँदै जान्छ। निधार बाट पसिना तप तप चुन थाल्छन् । उ जसो तसो चौतारी सम्म पुग्छ र घाँसको भारी थ्याच्च बिसाउ छ। सुईए सुस्केरा हाल्छ । भोटीको फेरले निधारका पसिना पुच्छ , अनि आफु पनि चौतारीमा बस्छ । आफ्ना दुबै हात थाप्लोमा लग्छ र नाम्लोले पारेको डामलाई सुमसुम्याउ छ। अनि पूखा बाट ब्यक्त श्रापित शब्दहरु लाई स्मरण गछॅ। ” दुई अोटी स्वास्नी को पोइ भएस, यौटा भैंसी को गोठालो भएस, दोभान को पिपल भएस र कलियुगको ठालु भएस” उक्त श्रापित शब्दहरु मध्य उसले आफुलाई एक को भागीदार भएको सम्झन्छ। आफ्नो भाग्य प्रति रोष प्रकट गछॅ। चौतारी को चिसो हावाले शरिरमा उजाॅ प्राप्त भएको महसुस् गछॅ र घाँसको भारी बोकी घर तिर हिड्छ।
उ भोजन पछी एकछिन को बिश्रम गछॅ। बसिखान उसको नसिबमा लेखेकै छैन। जतिखेर पनि कामकै चटारो हुन्छ र फ़रुवा काँधमा हालेर खेत तिर जान्छ। खेतमा पुगेर कुलोको पानी खेतका गरा गरामा लगाउ छ। अनि केतको चारै कुनामा घुम्छ र धानबाली सप्रेको मा निकै आन.न्दित हुन्छ। उ परको रुख को छहारीमा गएर शितल बस्छ। खेतका गराहरु पानी ले टम्म भरिन्छन्। खेतका समा बाट छङ् छङ पानी बग्न थाल्छ। उ भाबुक बन्दै सङ्गीतमय पानीको छङ् छङ धुनमा कता कता हराउदै हराउदै जान्छ ।
संयोग पनि कस्तो आपतमा परेको यौटा फटेङ्ग्रो फ्यात्त उस्को सामुमा खस्छ। उ झसङ्ग झस्किन्छ र उस्को एकाग्रता केहि छिनको लागि भङ्ग हुन्छ।उसले फटेङ्ग्राका दुबै पखेटा र दुबै खुट्टा भाँचिएर लुला भएको देख्छ। बिवस फटेङ्ग्रो एकै ठाउमा बसिरहन्छ। चारैतिर बाट बिबिध थरीका शिकारी कमिलाहरु जम्मा हुन्छन्। बिवस फटेङ्ग्रो लाई चारैतिर बाट लुछ्न थाल्छन्। आत्मा रक्षाको लागि फटेङ्ग्रो केहि बेर छट्पटाउछ तर उसको प्रयत्न ब्यथॅ हुन्छ। लुछलुछमै कमिलाहरु को आपसमा ठूलो द्वन्द हुन्छ। उनीहरुको त्यो द्वन्द शिकारको लागि मात्र न भै जात जाती,धमॅ, संस्कृति ,स्थन बिशेष प्रती को हो भन्ने कुरा उसले त्यो द्रिस्य बाट बुझ्दै जान्छ र समयको प्रबाह बिना भाबुक बन्दै बन्दे जान्छ।
दिनमा चम्किला सूयॅ समयको गति संगै क्षितिज पारी पुग्छन्। रङ्ग बदलेर पहेंला हुन्छन्। खोला बाट चिसो स्याँठ चल्न थाल्छ र उ आफ्नो मन मस्तिसकमा त्यहि भाबुक्ता लाईबोकेर साँझ झिसमिसेमा घरमा पुग्छ। श्रीमति ले खान खानको लागि आग्रह गछिॅन् तर उसले श्रीमतिको आग्रह लाईसुन्दैन। कापि कलमको जोहो गरी कथा लेख्न बस्छ। टुक्की बत्ती को मधुरो प्रकाशमा कथा लेख्छ। कथामा आफ्नो शिल्पकला ले याबत जीवत्मा प्राणिहरुको दु:ख पिडा लाई कथामा प्राणरुप दिन्छ। उसले कथा लाई दोहराइ तेहराइ पढ्छ। न मिलेकोमा छेक काँट गछॅ र पुन: पढ्छ। आनि कापि कलम सिरानी हालेर निन्द्रादेबी को काखमा पुग्छ।
लुरे धन्दाको चटारोले उसलाई ब्यूझाउ छ। उ सदाको झैं गोठको काम मा लाग्छ। लैनो पारो लाई उसकी आमाका दुध चुस्न लगाउ छ। पारोले आमाका दुध पकानैॅ आँटेको हुन्छ, उसले पारोलाई परको खुटामा बाँध् छ। आफु बल्टीन लिएर भैसीका दुध दुहुन थाल्छ। दुध दुयर बाल्टिन भरी बनाउछ। अनि पारोलाई रित्ता लाम्टा चुस्न लगाउ छ र पून: पारोलाई खुटामा बाँध छ।
उसका छोरा छोरी दुधले टन्न अघाएर दुधकै थुतुरी खेल्छन्। उ आफ्नो आत्मा सन्तोषमा मक्ख पछॅ। उता पारो आफ्नी आमाको मुख तिर हेरेर याँई याँई संगै भोक को क्रन्दन ब्यक्त गदैॅ जान्छ। उसका कथा को लालित्य शिल्प कला हराउदै हराउदै जान्छ। पारोले याँई याँई गदैॅ जान्छ,गदैॅ जान्छ—-।

Leave a Reply

Your email address will not be published. Required fields are marked *