साथमा बस्दा तिम्रो, प्यारले माला उन्थ्यो ।।
बातमा केही हुन्थ्यो, मातमा केही हुन्थ्यो ।।
खोजिमा हिड्दा पैसा, प्रेम भो बाँझो बारी
जीवनी ढल्की बित्दा,बैशको माया गुन्थ्यो।।
पुर्व थ्यो मेची कोशी, मस्त थ्यो काली सेती
ती नदी बग्दा मेरो, बेगले छाती छुन्थ्यो ।।
चाँद झै उन्को रूपै, सम्झना आयो धेरै
काख थ्यो रित्तो मात्रै, यादमा आँखा रुन्थ्यो ।।
स्वर्ग नै खोज्ने मान्छे, स्वार्थमा बाच्ने रैछौँ
दु:खमा पर्दा आँखा, आँसुले गाला धुन्थ्यो ।।
दिनेश क्षेत्री
कालिका तीन
बर्दिया
