बहरबद्ध गजल

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

म आमा हुँ यौटा कुरा बुझ्न सक्छु
म बच्चाहरूका कुरा बुझ्न सक्छु ।

कतै भोक लाग्यो कतै नींद लाग्यो
सही हो म यस्ता कुरा बुझ्न सक्छु ।

अनौठो छ चाला अनौठो छ भाषा
र के भन्छ आँखा कुरा बुझ्न सक्छु ।

 

रुँदा पीर पर्दा हँसाई रहन्छन्
यिनै बालबच्चा कुरा बुझ्न सक्छु ।

गरून् बन्द आँखा बसुन् मौन एक्लै
कहाँ के छ इच्छा कुरा बुझ्न सक्छु

छन्द: भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् ISS × चार
सृजना अर्याल (अधिकारी),
धादिङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.