बहरबद्ध गजल

sisha, tharu, Hindu, सिसा थारु हिन्दु , pallawa, पल्लव

सिसा थारु हिन्दु

सँधै बेलुकीमा नजरका इशारा
कहाँ गर्नु फिर्ता भएछन् उधारा ।

म बाटो कुरेरै बसौला हजुरको
बरू फर्क घरमा समयमै पियारा ।

भुलाउँछु सधैं मन सगरमा चिहाई
कतै देखिएनन् कुनै जून तारा ।

 

चलाएर हल्ला छुटाएर छाडे
बन्यो प्यार हाम्रो नदीका किनारा ।

सिसाको जवानी फुटाएर छोड्यौ
निशानी लगायौ बन्यौ ज्यानमारा !!

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्र फऊलुन् × ४ (ISS × ४)
सिसा चौधरी
झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.