गजल

 

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

किनमेल गर्न बजार जानु, करङ्ग सेक्नु परे
संसद भवन गए पुग्छ, नाटक देख्नु परे ।

कोहुन् भन्दै बस्ती–बस्ती, नजाऊ खोजी गर्दै
भेँडी–गोठमा सिधै छिर्नु , जनता हेर्नु परे ।

तालीम लिनु राजनीतिका- पार्टीहरू सँग
कुरै कुरा टेको लगाई, आकास थेग्नु परे ।

 

जोडे हुन्छ “तन्त्र”, लोकमा वा त प्रजा सँगै
घोर्ले भन्दै खिच्चाहरूको, टाउको बेच्नु परे ।

उदाउँदो सुर्यपट्टि, फर्की दाहिने हेर्नू
त्यतै सिक्नू निचोरेर, छिमेक पेल्नु परे ।

देश-काल-परिस्थिति, सिक्नै पर्छ बाँच्न
“ग्वालटारे” लाई गुरु बनाऊ, हैरान खेप्नु परे ।

दुर्गाप्रसाद ग्वालटारे
२०७३ पुस २६
काठमाडौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.