यादव भट्टरार्इका मुक्तकहरू

Yadav, Bhattarai, यादव भट्टरार्इ, pallawa , पल्लव

यादव भट्टरार्इ

बाँसुरीको धूनझैँ बजाउन पाए हुन्थ्यो जिन्दगी
मादलको तालमा झैँ नचाउन पाए हुन्थ्यो जिन्दगी
भरोसा पटक्कै छैन र त यस्तो लाग्छ मलाई –
सपनासरि आँखामा सजाउन पाए हुन्थ्यो जिन्दगी ।

जत्ति उडूँ आकाशमा आफ्नै धरा प्यारो लाग्छ
जहाँसुकै पुगूँ आखिर आफ्नै गरा प्यारो लाग्छ
हाँगाबिगा माथि माथि जत्तिसुकै फैले पनि-
मलाई भने किन किन आफ्नै जरा प्यारो लाग्छ ।

 

पन्छाएर हाम्रा सबै बाधा शुभ यो वर्ष बनोस्
दीर्घायु,प्रगति र उज्यालोको नयाँ स्पर्श बनोस्
हटून् सारा कल्मष,क्लेश, विद्वेष,कटुता जो छन्
हाँस्न पाइयोस् यो त्रिहत्तर हर्ष सहर्ष बनोस् ।

आफ्नै घरमा आगो कदापि फुक्न दिन्न म
साधुका भेषमा चोर छिमेकी लुक्न दिन्न म
छैन कत्ति पर्वाह शरीर यो ढलोस् बरु-
स्वाभिमान हो सगरमाथा कदापि झुक्न दिन्न म ।

(यादव भट्टराई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.