बहरबद्ध गजल– १,
देख्छु प्यारी सुन्दरी, रातो सारीमा ।।
भेट्न आऊ मञ्जरी, रातो सारीमा ।।
गर्छु लैला मञ्जु झै, त्यस्तै माया म
बस्नु मेरी मन्करी, रातो सारीमा ।।
हेर्छु फोटो यो सधै, मनको आखाँले
लाग्छ राम्री जल्परी, रातो सारीमा ।।
जून तारा के थियो, तिम्रो सामुन्ने
फुल्छ फूलै सुन्खरी, रातो सारीमा ।।
दर्द पीडा ती सबै, झर्दा मन्का यी
आँसुको कै भो झरी, रातो सारीमा ।।
बहरबद्ध गजद– २,
सुरा र सुन्दरी, जान थियो ।।
सधै उतै तिरै, ध्यान थियो ।।
सके समाल्न, मैलै मन यो
बुझेर जान्नु त्यो, ज्ञान थियो ।।
सकेन भुल्न त्यो, मीलन पल्
मिठा उनी सितै, पान थियो ।।
हुदाँ हुदै यहाँ, पेश गरी
दिए उसै लिने, मान थियो ।।
अतीत आजको, तागत भो
अपार प्रेमको, दान थियो ।।
Kshetri Dinesh, दिनेश क्षेत्री
कालिका तीन
बर्दिया
