गजल

Chandraman, Nilaom, चन्द्रमन 'नीलओम', pallawa , पल्लव

चन्द्रमन ‘नीलओम’

आफ्नै मान्छे पनि यहाँ,जाली भए पछि ।
मेरो के लाग्छ र,सियो फाली भए पछि ।।

हिजो उसैको बिरोध गर्ने महासय ।
आज उस्कै प्रिय् छ,कठ्पुताली भए पछि ।।

भलार्इको जमाना छैन, हनुमान जि ।
उपदेश पनि तितो, गाली भए पछि ।।

 

नाका बन्दी गर्नेनि,सम्मानित् हुदो रछ ।
जाँ स्वागत गर्ने,साला साली भए पछि ।।

गन्तव्यमा नेपाल, कहिले पुग्ने होला ?
यात्रा नै उकाली र ओराली भए पछि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.