लगाएँ अोल बारीमा बोट हेर्दा कता-कता
सप्रिएकै छ झैँ लाग्छ भित्र कस्तो छ के पता !
कैले खन्ने र खाने हो कसरी हो पकाउने ?
जानकारी भए मित्र सूचना दिनु है यता ।।
यै घरमा जुट्यौँ ऐले भाइ टीका लाउन
देव्श्री भैली आए गाए संस्कृति जगाउन
यहीँ जुट्यो खेलबाड थरीथरी खाना
खुशी भयो यो शराह धन्य यो आँगन ।।
जोडिए फूलका थुँगा बने हार मनोहर
रङ्गले पोतिएका छन् हाम्रा तिहारका घर
शाझा संस्कृति झल्कन्छ सभ्यतामा रमाउँदा
यी सबै पुष्पका हार प्रेमपूर्वक लाउँदा ।।
लक्ष्मी सवार हुन् हाम्रा घरमा परिवारमा
संवृद्धि चुलिँदै जाअोस् रहौँ खुशी तिहारमा
दिदी-भाइ तथा दाजु-बहिनीका मिलुन् मन
धनधान्य र ऐश्वर्य प्राप्तिको शुभकामना!!
रहोस् प्रसन्नता नित्य तिहारका सबै दिन
हाम्रो ध्यान जुटोस् शाझा सभ्य संस्कृति सम्झिन
टीका देव्श्री र भैली वा हल्का खेल वहाडमा
लक्ष्मी पूजा तथा लक्ष्मी जयन्तिको सुकामना !!
