धेरै सम्झिदै, होलान् दिदी बैनी ।।
फोटो पर्सिदै, होलान् दिदी बैनी ।।
आयो पर्व यो, दोस्रो ठुलो चाड
पक्कै झोक्रिदै, होलान् दिदी बैनी ।।
सातै रङ्गको, टीका बनाएर
बाटो पर्खिदै, होलान् दिदी बैनी ।।
रोटी सेल त्यो, भारी अनेक् बोकि
बेशी ओर्लिदै, होलान् दिदी बैनी ।।
हामी तीन नै, भाई हुँदा टाढा
साँच्चै तड्पिदै, होलान् दिदी बैनी ।।
दिनेश क्षेत्री
कालिका तीन
बर्दिया
