” के भयो ?”मैले श्रीमतीको चिन्तित अनुहार हेर्दै सोधें ।
” छोरीको कोठामा कन्ट्रासेप्टिक पिल्सको र्यापर भेटें ।” उसले आफ्नो हातमा भएको औषधीको खोल हेर्दै भनी ।
” रेगुलर कि ?”
” होईन ईमर्जेन्सी !”
” कस्ति बदमाश रहिछ त ?”
” त्यही भन्या, कोठामा भएको भए मैले जानेको थिएँ छैन छैन र पो !”
” प्लिज त्यस्तो नचाहिने काम नगर, उनीहरू मुर्ख भए भन्दैमा हामीले पनि मुर्ख्याईं गर्नु हुन्न ।”
” अनि के त्यसको नाटक सधैं हेरेर बसिरहने ?”
” अब धेरै दिन छैन, दुईचार महिना पछि घोक्र्याई हालिन्छ । त्यसपछि टण्टै साफ !”
” कहाँ त्यसो भनेर हुन्छ ?”
” कसो भनुँ त ? केशा, कुरा र कुलो जता लगे नि जान्छ त्यसैले किन तिलको पहाड बनाई रहनु ? थाहा नपाए जस्तो गर ।”
” कसरी गर्नु ?”
” नसके नगर ।”
” म सिरीयस कुरा गर्दैछु ।”
” म नि सिरीयसै छु ।”
” त्यसोभए ….. !”
” कुरा सक्कियो ।”
” कसरी सकिन्छ ?”
” दिमागबाट झिकेर फाल, आफू सरहको छोरीलाई अन्टसन्ट बोलेर चित्त दुखाउने होईन ।”
” लौ ! के भन्या हजुरले ?”
” केशा यो च्याप्टर यहीं बन्द गरौं, टाउको खायो । एउटै कुरा सुगाले जस्तो रट लगाएको छ छ । नसुनुँ भने नि नहुने !”
” कसले कर लगाएको छ र ?”
” तिमी रिसाएको ?”
” होईन खुशी छु !”
” अनि खुशी भएको मान्छे यसरी ठुस्किदै म खुशी छु भन्छ त ? खुशी भएर भन न ।”
” च्व !” उसले मलाई हेर्दै आँखा पल्टाई ।
” केशा ! जाऊ यो जहाँ थियो त्यहीं राखेर आऊ । मान्छे बिस्तारै आधुनिकीकता तिर उन्मुख हुँदैछ, स्वतन्त्र भएर छाडा पल्टिनुलाई अधिकार सोच्छन् । सेक्स पनि दालभात सरह भैसक्यो । हामीले हाम्रो हुर्के बढेकी छोरीलाई यो नगर र त्यो नगर भनिरहने अवस्था छैन, यो उसको अधिकारको कुरा हो त्यसैले हामीले कराउँदा बेकार उसको चित्त मात्रै दुख्छ । दुवै पक्ष दु:खी हुँदा गाह्रो हुन्छ, बोल्दै जाँदा अपशब्द निस्केला अनि …. ? प्लिज अब यो कुरा यहीं सकौं । जाऊ राखिदिएर आऊ ।”
” सक्दिन, होईन हजुरलाई केही भएको छैन ?”
” के हुनु ? बरु बिस्तारै मूड बन्दैछ । विपरीत लिंगीको आकर्षण भनेकै सेक्स हो, यो थाहा पाउँदा पाउँदै म कसरी केही भनौं ? छोरी हुर्की, बस् अब धेरै दिन राख्नु हुन्न, मलाई त्यति थाहा छ ।”
” हाम्रो जस्तो मन नहुने, आफूलाई यहाँ कस्तो गाह्रो भैरहेकोछ ।”
” खोई कहाँ ? कहाँ गाह्रो भएकोछ ?” भन्दै मैले अलि पर उभिएकी केशालाई समातेर ल्याएर बिछ्यौनामा बसालें ।
” पात्तिएको बुढो !” उसले हातमा भएको र्यापर टेबलमा राखेर मलाई हेर्दै भनी ।
” के पात्तिनु ? म आफ्नो अधिकार प्रयोग गर्न खोज्दैछु ।” मैले भनें ।
म आफुलाई सकेसम्म व्यवस्थित गर्ने कोशिशमा थिएँ ।
– ईशा शाह
काठमाडौँ,
