बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

हुदैन सेतो घोटी, कालो अँगारलाई ।।
सुधार्नु तिम्ले आफ्नो, थोत्रो बिचारलाई ।।

नबाँच्नु ब्याधो जस्तै, स्वार्थी बनेर आज
यो देश जन्ता तिम्रा, हैनन् सिकारलाई ।।

नदी र खोला जस्तै, जान्छौ बगेर पक्कै
मिसिन्छ पक्कै सागर्, भुल्छौ किनारलाई।।

 

सफा त राख्नू आत्मा, गर्दै सुकर्म केही
अनेक लाली पाउडर्, चाहिन्न् मुहारलाई ।।

गयो बसन्तै कत्ती, फूली फक्रेन केही
शहीद बन्दै जन्ता, थापे कटारलाई ।।

दिनेश क्षेत्री
कालिका तीन
बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.