कवितामा मेरो देशको वर्तमान

bhawani, khatiwada, भवानी खतिवडा, pallawa, पल्लव

भवानी खतिवडा

काटी बाँस दुवै तिरै दुध दुहे कैले भरी हुन्छ र?
काटी केश जमीनमा पुरिदिदा कस्ले उमार्या छ र ?।।

पेली वालु चुहिन्छ तेल कहिले ब्यार्थै परिश्रम् गयो ।
त्यस्तै संघियता बढी वहस भो झै मृग तृष्णा भयो ।।

खोस्रीदा मरुमा त वालु विचमा पानी कहा मिल्छ र ।
आफ्ना अड्डि लिएर मार्ग थुनिदा वार्ता कहा मिल्छ र ।।

 

ब्यार्थै फाल्नु छ मुल्यवान घटिका निष्कर्ष के मिल्छ खै ।
साँढेका फल आशमा दशक गो झर्दैन झर्दैन है ।।

मन्त्री बन्नु शिवाय कानुन कतै बन्दा नि बन्दैन खै ।
गाउँमा जनको नभै प्रतिनिधी बन्दैन नेपाल है ।।

चारो छर्न र टिप्नमा समय गो चिन्ता गयो देशको ।
सारा कानुन शक्ति केन्द्रित भयो अन्यायको राज भो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.