दीपक नेपालका १५ मुक्तक

Spread the love
deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

लोकतन्त्र हो सबको बोल्न पाउने हक थियो !
त्यसैले हर सदस्यको मत फरक फरक थियो !!
घरमा न उज्यालो छायो न कोहि स्वास्थ भए !
थिनत श्रीमान डाक्टर छोरा शिक्षक थियो !!

जिन्दगीका सफरहरू सगैं चाल्न शुरू गरूँ !
विश्वासमा खुशीका दियोहरू बाल्न शुरू गरूँ !!
आज सम्म जती गरे हाम्रा लागी गरे अब !
भए बुडा बाआमा हामिले सम्हाल्न शुरू गरूँ !!

 

मनमा धैर्यता हुनुपर्छ सबथोक समयले देखाऊछ !
आत्मामा आँट हुनुपर्छ शिखर पाखुरा ले पुर्याऊछ !!
पबित्र हृदय स्वच्छ मन नभएर हेर्नुस् महाशय !
बाआमा अपहेलित गर्दै मन्दिर जाँदैमा के पाऊछ !!

परिचय त अनिकालमा एक गाँस संग भएको छ !
लुकेर प्रहार गर्ने आफ्नै घर आसपास संग भएको छ !!
दूँनिया देखि हार मानिसके अब बाँचा कसम नखाऊ !
प्रेम तिमी संग होईन प्रिय गिलास संग भएको छ !!

गाऊँघरमा जातभात छुवाछूत हटेन अझ !
मुखले एउटा ब्यबहारमा कसैले गरेन अझ !!
देशमा जेजे परिवर्तन भए पनी महाशय !
किताब मै सीमित संविधान चलेन अझ !!

शहरलाई झैं गाऊँलाई नि बहार देउ सरकार !
काउलि बन्दा सिमी बिक्ने बजार देउ सरकार !!
खोलाको तीरमा बालुवा चाली जिबिन धान्ने !
ति निमुखा जनलाई जिउने सार देउ सरकार !!

देशमा उम्रदै गरेको पश्चिमी बिकृतिलाई हटाउने छु !
प्रवासमा जस्तै दुःख गरी स्वदेश मै धन कमाउने छु !!
मकैं,कोदो,धान,गहुँ,काउलि,सिमी,गाजर खेती गरी !
जती दुःख भएपनी आफ्नै देशमा पसीना बगाउने छु !!

आमा बाबा नबिर्सनु कदापि श्रीमती को लागी !
अरुको बिनास नहोस आफ्नो प्रगति को लागी !!
हास्छन गाऊँले कुरा काट्नेहरूलाई ठाऊ बन्छ !
आफ्नो दाजुभाई नलड्नु कैलै सम्पति को लागी !!

धेरैले सुन्दर सपना बुन्छन् टेबुल मुनिबाट !
कैयौं करोड पति हुन्छन् टेबुल मुनिबाट !!
बर्सौं देखी यस्तै चलिआएको छ देशमा !
बलत्कारको पाप धुन्छन् टेबुल मुनिबाट !!

जिउनु पर्छ दु:ख र सुख नघोली के गर्छौ !
हेरेर मात्र मुस्कान दिदै नबोली के गर्छौ !!
जीवन मेरो दिलकी रानी सम्झना आउदा !
पठाको थिए रुमाल चिनो नखोली के गर्छौ !!

गाउँ मै खोले फाँडो खाएर रमाउन सके !
गाई, बाखा र गोरु बनमा चराउन सके !!
ॠण गरि गरि किन प्रवास धाउनु पर्यो !
आफ्नो बारिमा कोदो मकै फलाउन सके !!

विदाई थियो जन्म त्यो घर छाडेर जानेको !
बाध्यता सम्झी वचन बा-को मानेर जानेको !!
हुर्केका सगै दाजु र भाई समाज नै त्यागी !
नबोलि केहि जिन्दगि संग हारेर जानेको !!

पुण्य पाऊन बाआमाको पाऊ छुनुपर्छ !
जीबनका हर समस्या परिश्रमले धुनुपर्छ !!
असल मानव बनी नाम कमाउन चाहीं !
सबै सामु सब्य मीठो बोली वचन हुनुपर्छ !!

युवा मिली कही गर्नु पर्छ देश रोएको बेला !
हत्या हिंसा बलात्कारले सीमा छोएको बेला !!
कलम बाटै भए पनी सक्छौ परिवर्तन गर्न !
जनताले आफ्नो आँसुले मुख धोएको बेला !!

प्रबासमा मायाको , तलतल भएपछी !
दुई धड्कन बीच , खलबल भएपछी !!
रोकर कहाँ रोकिदो रहेछ र यौवन !
यहाँ ऊसैको याद , पलपल भएपछी !!

दीपक नेपाल
मार्पाक-५, निमार्चोक धादिङ हाल: कुवेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *