बहरबद्ध गजल

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

समस्या दुर हुन्थ्यो जुटे आज हामी
छ त्यो नेपाल भन्थ्यो जुटे आज हामी ।

छ खेती गर्न नेपाल भित्रै रमार्इ
किसानी खेत खन्थ्यो जुटे आज हामी ।

छ यो आत्मा सुकेको नभिज्दा मनैमा
मजाको प्रेम बन्थ्यो जुटे आज हामी ।

 

दुखेको यो दिलै शान्त हुन्थ्यो बुझेनौ
खुबै ऊँचो रहन्थ्यो जुटे आज हामी ।

छिमेकी नै छ जाली लुटी खान्छ खाली
अझै के नै सहन्थ्यो जुटे आज हामी ।।

बहरे हजज मुसम्मन महजूफ
पिङ्गल छन्दः समता
सूत्रः ISSS ISS ISS ISS
– भवानी न्यौपाने ‘भावना’
‘ग’ लाइन्, तुलसीपुर, दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.