जे जे भन्छौ यार तिमीले, सबै मानें मैले ।।
जल्दै जल्दै मैन सरी भै, सधै धानें मैले ।।
रैछौँ झाँक्री काम चलाई, निको पार्ने रोग
आगो रैछौँ नीर भएको, यहीँ ठानें मैले ।।
हुन्थ्योँ एक्लो जीवन राम्रो, भनेथें ज्योतीसी
जान्दा जान्दै दु:ख दिने पो, चरी छानें मैले ।।
माया आफ्नो साथ भएमा, कहाँ जल्थेँ राती
पीडा भोग्ने जीवन हो यो, यहीँ जानेँ मैले ।।
स्वार्थी रैछौँ देवि त हैनौँ, पुजा पो के गर्नु
त्यस्ता घाती निष्ठुरिलाई, छुरा हानें मैले ।।
दिनेश क्षेत्री
कालिका तीन
बर्दिया
