लैजाउ ए माया छानेर लैजाउ,
नजरको तिर हानेर लैजाउ ।
दुई दिने चोला मरी लानु के छ,
यो जीवन आफ्नै ठानेर लैजाउ ।
बैशको झोकमा परौला भासमा,
यथार्तता सबै जानेर लैजाउ ।
डर भए कतै साथ छुट्छ भन्ने,
मायाको डोरीले बानेर लैजाउ ।
लगाउन सक्छौ के मायाको बाजी,
आँट भए देखी तानेर लैजाउ ।
शान्ति अधिकारी
कोहफपु, बाके
