बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

मीठा बात मारौं , आऊ रातमा ।।
यौटा फूल सारौं , आऊ रातमा ।।

आँखा भित्र माया , फेवा ताल झै
गंगा बन्छ तारौं , आऊ रातमा ।।

चढ्दो बैँस तिम्रो , लाली ओठको
माया सँग खारौं , आऊ रातमा ।।

 

तिम्रो रूप देख्दा ,गर्छन् डाह ती
तारा जून झारौं , आऊ रातमा ।।

खेलौं आज यौटा , त्यस्तो खेल क्यैं
जीतौँ याँ म हारौं , आऊ रातमा ।।

SSS ISSS SSI
दिनेश क्षेत्री
कालिका तीन
बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.