लँहका गुनकेशरीहरू

Jetha, Bairagi,जेठा वैरागी, pallawa, पल्लव

जेठा वैरागी

यस
एक्काइसौँ वर्षको यात्रामा
लँहका गुनकेशरीहरू फूलेका छैनन्
मान्छेको भाग्य पर्खेर
लँहका कथाहरू
नेपाल हेरिरहेछन्
मिझिङ छोडेदेखिन्
प्यारो टोपी हराएको छ
निकै हारजाङ हुँदै झरेको छु
कठोर चट्टानहरू नाप्दै
शहर छिरेको छु ।

 


आज
हरेक घाँसहरूमा लुकेर
मीठो सपनाको विजछरेको छु
सबै पाखरहरू र ढाँडहरूमा
मङ्गोल्नीका मुस्कानहरू
मुजा मुजा भएर चाउरिएका छन्
भित्र पोलिरहन्छ
मुटु चल्छ
राप्तीका किनारमा
भेरी बुढ्यौलीझैँ खोक्छे
मधुरो प्रकाशमा
घुम्दा घुम्दै
जलजला नाघिसकेको हुन्छु
सेती रुन्छे
आफ्ना दौँतरीहरू सम्झेर
एउटा विचारको दोभानमा
सम्झिरहन्छु हारजाङका गौँडाहरू
पागल भएर
मङ्गोल्नीको झुप्रोमा
वारुद परर परर गरिरहेको हुन्छ
धूवाँहरू फैलाएर
लँहकी
लुइँचे, ल्याफ ल्याफ गरिरहन्छे
विचारका फूलहरू ओइलाएर
मिथ्यामा झरिरहेछन्
मेरा
क्रान्तिकारी साथीहरू
साहयता गर्दैनन्
काली
अमर प्रेमीहरू जस्तै
विरहको गीत गाउँछे
हिँड्दा हिँड्दै जलजलाको पहाड
असल मित्रकारूपमा पाउँछु
सिमली घारीमा
लुकाइएका माइनहरू चुम्बन गर्दै
लँह तरिरहेको हुन्छु
ह्याऊहरू
मुन्टो ठाडो पार्दै कुदिरहेछन्
अपशोच
यात्रा रोकिएको छ
चिच्याएर बोलाउँछु
प्यारो जलजलालाई
ऊ सुतिरह्यो
मसँग
मालेमा टाँसिएको छ
असाध्यै चिन्तित बनेर
सपनाका नदीभएर बगिरहेछु
एक अर्काको मुख हेर्दै
लँह र मिझिङ हेर्छु
आकाशमा
बाज गाडिहरू कुदिरहे थे
भन मानिस
लँहका सपनाहरू पूर्ण कैल्ये ?

– वैरागी जेठा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.