गजल

Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

सुस्तरी सुस्तरी जलायौ तिमीले
फेरि त्यै बतास चलायौ तिमीले ।

थियो मीठो रिस्ता सधैँ सम्झनाको
स्नेहको त्यो दीप निभायौ तिमीले ।

नाचेर यो मनको मझेरी भरि
हर बखत् याद दिलायौ तिमीले ।

 

नसक्ने छु म, नसम्झी तिमीलाई
मुटुको ब्यथा नै बढायौ तिमीले ।

नहोला के मनैमा कतै निशानी
नसक्दा मलार्इ बचायौ तिमीले ।

म निर्दोष निर्दोष भनुँ कसरी
दोषको प्याला पिलायौ तिमीले ।

नवलपरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.