मेरो जीवन भरी !!

meera, puri, मीरा पुरी, pallawa , पल्लव

मीरा पुरी

जुन दिन मैले उनलाइ भेटे, सारा दु:ख भुलें!
सारा खुशी बन्द थिए, उनकै साथले खुले !!

माया गर्यौ छोडी गयौ, सम्झनामै रह्यौ !
प्रिय ! भन मलाई किन, एक्लो पारी गयौ !!

संगै जिउने संगै मर्ने ,कसम हामीले खायौ !
धोको पूरा हुन नपाइ, हामी अलग भयौं !!

 

छिटै चुड्यौ दैव किन , हामी संगै थियौ !
बाचा हाम्रो अधुरै भो, हामी एक्लो भयौं !!

वेदनाले छटपटाउदा, बिन्ती सुनिएन!
धेरै बिन्ती बिसाउदानी, पीडा बुझिएन !!

चोखो थियो हाम्रो माया,सुन्दर जीवन थियो !
त्यै मायामा दैव आइ, होलि खेली दियो!!

सयौं रात बिताए उनलाई याद गरि !
यस्तो किन गर्यौ इश्वर, मेरो जीवन भरी !!

मीरा पुरी

2 thoughts on “मेरो जीवन भरी !!

  1. मीरा पुरीज्यूको कविताहरु वस्तवमा नै मन छुने खालका हुन्छन्….अत:यस्ति शसक्त महिला कवियत्रिहरुको रचनाहरुलाई उचित स्थान दिएकोमा पल्लवका प्रकाशकलाई सादुवाद…..!!


  2. महिला कवियत्रि मीरा पुरीज्यूको प्रकाशन गरिदिनु भएकोमा प्रकाशकलाई सादुवाद……..!!


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.