कस्ले , कस्लाई

Radha, Pandey, राधा पाण्डे, pallawa,पल्लव

राधा पाण्डे

खै कसरी बुझ्छ र चिन्छ !
वौद्दिक गुदीहरुमा समेत्
के , कस्तो सल्बलाउँछ
कौतुहल
आफ्नै निजी सोचाइको
सायद
हुँदाहुँन् तर्क -विर्तक
र ,
तिनका गिद्दे दृष्टिहरु
देख्दाहुँन् परिकार थरिथरीका ।
कसरी गरुँ ?

 


आफ्नै विज्ञापन मैलें
म – त
देहभरी
दैवी शक्ति धारण गरेकी
महाकाली हुँ , काली !!
म ,
विजयी योद्धा हुँ , योद्धा !!
जीवन यात्राका
गोरेटो , घुम्ती र उकालोहरुमा
ज, जस्ले मलाई
आ आफ्नै विबेकको
भिराए परिचय
एकादुई त्रुटिलाई
बजाएर कथा
बेकामे गफका
पृथक पृथक
भिराए परिचय
ककस्ले /के,के भने
कोही अझै केही भन्दै होलान
जजस्ले / जेजे भने
तर,
तर म त्यो थिईनं ।
साचो परिचय खुल्छ , खुल्छ
कसरी गरुँ
आफ्नै विज्ञापन मैलें
म- त
दार्शनिकका बौद्धिक हतियार पर्योग गर्दै
भत्काएर पुरानो संरचना
समय सापेक्ष उर्लने
वैचारिक सुनामी भेल हुँ ,भेल !!
सुन- सुन !!
ए !! बौद्धिक गुदी !
देहभरी दैवीशक्ति धारणा गरेकी
महाकाली हुँ, काली !
जिन्दगीको मैदानमा नहुने पराजित
म ,
विजयी योद्धा हुँ , योद्धा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.