छैन मेरो जमिन उर्वर कुरा के हो?
या त मेरै मर्यो जाँगर कुरा के हो?
चल्छ चर्चा अनेकौं यो बहरवाणी
लेख्न गाह्रो भयो भर्खर कुरा के हो ?
बोल्न मैले न चाहेको कहाँ होर
ओठ काँप्यो अहो!थर्थर कुरा के हो?
दु:खको के भयो संगत खुसी भागे
हाँस्नु भन्छन् मिले ठक्कर कुरा के हो ?
सुन्छु हल्ला फसाए छन् तिमीलाई
मात्र रुपको थियौ सुन्दर कुरा के हो?
‘पुष्प’ माली बिना तिम्रो छ के अर्थ
बन्छ होला हिया बञ्जर कुरा के हो ?
पुष्प ‘पुञ्ज’ पूर्बेली
रुपाटार २ उदयपुर
बहर :- मुशाकिल
