विवशका तीन मुक्तक

Biwash, Pokharel,विवश पोखरेल,pallawa, पल्लव

,विवश पोखरेल

पीडा
कहिले आफूले साँचेको समय दुख्छ
कहिले आफू बाँचेको परिवेश दुख्छ
ईश्वर किन बनायौ दुखाउन कमजोर मुटु
उफ ! कहिले गाउँ दुख्छ, कहिले देश दुख्छ ।
देशदंश
एक हूल स्यालहरू सेतो ठुलो घरभित्र पसेछन्
पल्याकपुलुक हेर्दै रित्ता कुर्सीमाथि बसेछन्
खस्रो पीँधमा मलमलको धोती बिझाएछ क्यार
जुरुक्क उठ्दै सिङ्गै देशलाई डसेछन् ।

 


नियति
डाँडामाथिको घाम भएर जीवनको अस्ताउँदो क्रममा छौं
गलत रहेछ मायाको परिभाषा अहिले हामी भ्रममा छौं
सायद यस्तै थियो हाम्रो नियति कतै कुनै गुनासो छैन
अचेल बिचरा छोराहरू घरमा छन, हामी वृद्धाश्रममा छौं ।

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *