बिचित्रको भूगोल

Chabi, Chhabi, Kiran, Oli, छवीकिरण अोली, pallawa , पल्लव

छवीकिरण अोली

कस्तो शिल्पकला यहाँ प्रकृतिको तस्बीर नौलो वन
आत्मा हुन्छ बिभिन्न बोटहरूका त्यै फूलमा जीवन ।
यात्रा प्रात बिहङ्ग कण्ठ रसिला वासन्ति च्यूला वन
चीसो शान्त बतासमा रसिक भै गाना बने जीवन॥

को को हो भनि सोध्दछे म्रिदुगला साँच्ची खुसी कोकिल
नाग्बेली बहदी सुचारु सरिता छे कुञ्जमा शीतल ।
छन् शाना स्वरका चरी चिरबिरे त्यै कुञ्जमा मस्कदै
न्याऊली छ कठै निरास वनमा बेथा बढी झस्कँदै ।।

 

सौगन्धी वनका नयाँ कुसुमले दिन्थ्यो खुबै कुत्कुती
डुल्थ्यो यो मन मुग्ध भै प्रकृतिमा स्वप्ना बुनेरै कति ।
त्यो एकान्त रहेछ शान्त वनमा आनन्दका सिर्जना
कस्तै याम हुँदा कठै हृदयले सक्तैन त्यो विर्सन ॥

आफैँमा छ चिनाउने वन अहो ! माधु्र्य यो दृष्टिको
माटोमा पनि बासना नजरमा राम्रो कला सृष्टिको ।
हावा झैँ बहने सुचाल लहरी गाना बजे छन्दमा
यो भूगोल विचित्रको गिरि नदी रम्दै छु भू–स्वर्गमा ॥

दाङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.