गरे काम राम्रो अमर हुन्छ हुन्न
बिगारे र छाडे असर हुन्छ हुन्न
बगेको छ खोली घरैबाट टाढा
अहो हेर साच्चै बगर हुन्छ हुन्न
कसोरी म बस्ने तिमी देखि टाढा
सरौ पास भन्ने खबर हुन्छ हुन्न
अनौठो छ ठाउँ यहाँबाट हेर्दा
म सोच्दै छु पूरा सफर हुन्छ हुन्न
झुकेकी छु धेरै तिमीसंग मात्रै
झुकेकी भनेरै कदर हुन्छ हुन्न ।।।
बहर मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार
छन्द : भुजङ्गप्रयात
शारदा पौडेल

मीठो गजल ।