बहरबद्ध गजल

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

थियो जवानी ,अनुहारमा ।।
र पो बिकेकी ,छ बजारमा ।।

हिमाल जस्तै , चुचुरा छन
चढे उकालो , म हतारमा ।।

अथाह चाहा , मनका जति
सबै छ भन्छन् , दरबारमा ।।

 

सहेछु पीडा , दिनरातको
त्यहीँ म यात्री , छु सवारमा।।

झरी न बर्षा , न हिमाल छ
रिणै छ धेरै , छु म भारमा ।।

दिनेश क्षेत्री
कालिका तीन
बर्दिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.